Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

सिटिजन बैँककाे माेरङ शाखा लुटपाट

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 12, 2021
1.6K

विराटनगर । हतियारसहित आएको समूहले मोरङको कर्सियास्थित सिटिजन्स बैंकको शाखा लुटपाटको योजना नेपाली नागरिकले बनाएको र लुटपाटमा ७ भारतीय नागरिक प्रयोग भएको अनुसन्धानबाट खुलेको छ ।

बैंकको सो शाखाबाट २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ भेटिएको छैन । सो रकम लुटेरा समूहले नै लुटेको निष्कर्षमा प्रहरी प्रशासन पुगेको छ ।

सोमबार दिउँसो ८ जनाको समूहले बैंक लुटपाट गरेको थियो । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीका अनुसार सोमबार राति करिब १० बजे बैंकले २१ लाखभन्दा बढी रकम लुटपाट भएको जानकारी गराएको हो । उनले लुटपाटमा संलग्न मुख्य योजनाकारसहित तीन जनालाई पक्राउ गरेको बताए ।

प्रहरी उपरीक्षक जिसीका अनुसार मुख्य योजनाकार विराटनगरका पुरुष हुन् । लुटपाटमा संलग्न अन्य सबै भारतीय नागरिक हुन् । उनीहरुले एकअर्कालाई नचिने पनि मुख्य योजनाकारलाई भने चिनेको बयान दिएका छन् ।

सोमबार साँझसम्म बैंकले लुटपाटको असफल प्रयास भएको बताएको थियो । तर बैंकमा भएको पैसाको हिसाब गर्दा लुटेरा समूहले पैसा लगेको पुष्टि भएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालका अनुसार बैंकले २१ लाख ७० हजार ५ सय ६३ रुपैयाँ लुटिएको जानकारी गराएको छ । लुटपाट भएको रकम भेटिएको छैन ।

प्रहरीका अनुसार चारवटा मोटसाइकलमा ८ जनाको समूह आएको थियो । ती मध्ये एउटा मोटरसाइकलसहित तीन जना पक्राउ परेका छन् । लुटपाटमा प्रयोग भएको पेस्तोल पनि भेटिएको छ ।

बैंकभित्र दुई राउण्ड गोली चल्यो

सोमबार दिउँसो ८ जनाको लुटेरा समूह बैंक भित्र प्रवेश गर्दा सुरक्षा गार्ड शितल कुँवरले रोक्ने प्रयास गरे । लुटेरा समूहले पेस्तोल देखाएपछि कुँवरले उनीहरुको हतियार खोस्न खोजे । सो क्रममा लुटेरा समूहले २ राउण्ड गोली चलायो ।

गोली लागेर घाइते सुरक्षागार्ड

एक राउण्ड गोली सुरक्षा गार्ड ३७ वर्षीय शितल कुँवरको घाँटीको पछाडिपट्टी भन्दा केही तल लागेको छ । लुटेरा समूहले चलाएको अर्काे गोली भने आफ्नै सदस्यलाई लाग्यो ।

प्रहरी उपरीक्षक जिसीले ७–८ जनाको समूहले योजनावद्ध रुपमा लुटपाट गरेको बताए । लुटपाटको घटनाको मुख्य योजनाकार महानगरपालिका–३ मुनालपथका ३२ वर्षीय श्याम मुखिया भएको र अन्य भारतीय नागरिकलाई उनले नै बोलाएको प्रहरीले बताएको छ ।

पक्राउ पर्नेमा मुखियासहित भारतको अररिया जिल्लाको शिवपुरका सुनिल यादव र विजय बहरदार छन् । पक्राउ परेका बहरदारको तिघ्रामा गोली लागेको छ । घाइतेलाई लिएर भाग्दै गर्दा सीमावर्ती क्षेत्रबाट उनीहरु पक्राउ परेका हुन् ।

लुटेरा समूहलाई पक्राउ गर्दा प्रहरीले गोली नचलाएको बताउँदै प्रहरी उपरीक्षक जिसीले भने, ‘अनुसन्धानका क्रममा लुटेरा समूहका सदस्यलाई आफ्नै समूहले चलाएको गोली लागेको देखिएको छ ।’ यसअघि लुटेरा समूहलाई पक्राउ गर्ने क्रममा प्रहरीले गोली चलाएको भनिएको थियो ।

उनीहरुले लुटपाटमा प्रयोग गरेको पेस्तोल पनि भेटिएको प्रहरीले जनाएको छ । तर सो समूहका अन्य व्यक्ति र लुटिएको रकम भने भेटिएको छैन । फरार भएका व्यक्ति भारतीय नागरिक भएकाले भारत नै भागेको हुनसक्ने प्रहरीले जनाएको छ ।

सुरक्षा गार्डको उपचारमा सिडिओको चासो

घटनापछि प्रहरीले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी दाहालले सीमावर्ती क्षेत्रमा उच्च सतर्कता अपनाइएको र भारतीय पक्षसँग समन्वय गरेर फरार व्यक्तिहरुको खोजी गरिरहेको बताए ।

गोली लागेर घाइते सुरक्षागार्ड अस्पतालमा

लुटेर समूहको गोली प्रहारबाट घाइते भएका सुरक्षा गार्ड कुँवरको उपचारमा मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले चासो देखाएका छन् । लुटपाट गर्ने समूहलाई रोक्ने क्रममा गोली लागेर घाइते भएका कुँवरको स्वास्थ्य अवस्थाबारे दाहाल अस्पतालमा पुगेर बुझेका थिए ।

सो क्रममा उनले उपचारमा कुनै कसर बाँकी नराख्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् । उनले कुँवरकी श्रीमती नानुमाया र उनका आफन्तलाई भेटेर उपचारमा कुनै कसर बाँकी नराख्ने बताएका छन् । onlinekhabar बाट साभार

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved