Skip to content
Facebook Twitter Instagram Youtube
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका
  • होम
  • देश
  • विदेश
  • शिक्षा
  • स्वास्थ/काेराेना
  • राजनिति
  • खेलकुद
  • अर्थ
  • बिज्ञान/तथा प्रविधी
  • लेख/रचना
  • पत्रपत्रीका

आज बडा दशैंकाे पाँचाैँ दिन

  • Picture of सूचना चौतारी सूचना चौतारी
  • October 11, 2021
93 shares

आज बडादशैंको पाँचौँ दिन। वैदिक धर्मावलम्बीहरूले नवरात्रकी पाँचौँ देवी स्कन्दमाता एवम् छैटौँ देवी कात्यायीनी भगवतीको आराधना गरेर मनाउँदै छन्। किनभने आज पञ्चमी तिथि १ बजेर ५ मिनेट सम्म मात्र रहनेछ भने त्यहाँ उपरान्त षष्ठी तिथि लाग्नेछ।

स्कन्दमाता

भगवान् शिवलाई महेश्वर पनि भनिन्छ, तीनै महेश्वर भगवानकी पत्नी भएकी हुँदा उहाँलाई माहेश्वरी पनि भनिएको हो। उहाँको वर्ण गोरो भएकोले उहाँको गौरी नाम पनि लोक प्रसिद्ध छ। स्कन्द माता हिमालयकी छोरी हुनुहुन्छ त्यसैले उहाँलाई नै पार्वती पनि भनिएको हो । अर्थात् भनौँ भगवान् शिव शंकरकी पत्नी भनेर जो पार्वती भनेर जान्दछौ हामी ती पार्वती देवी नै स्कन्द माता हो जसलाई आजकै दिन आराधना गर्ने प्रचलन छ।

माताको कृपाले मूर्ख पनि महाज्ञानी हुन्छ। स्कन्द कुमार “कार्तिकेय” की आमा अथवा माता भएकी हुनाले उहाँलाई स्कन्दमाता भनिएको हो ।

स्कन्द माताको विग्रहमा (स्वरूपमा) स्कन्द भगवान् बाल रूपमा काखमा विराजमान भएको शास्त्रोक्त प्रमाण भेटिन्छ। माता स्कन्द विशेषतः चेतना निर्माण सँग सम्बन्धित हुनु भएको हुँदा उहाँ विद्वान, ज्ञानी, महात्मा आदिको अभिवृद्धि हेतु हुनुहुन्छ । महाकवि कालिदास द्वारा विरचित ‘ रघुवंश महाकाव्य ‘ र ‘मेघदूत’ उहाँ कै कृपा, अनुग्रह बाट सम्भव भएको हो भन्ने मान्यता पनि रहेको छ ।

स्कन्दमाताको पुरा स्वरूप कस्तो छ त ?

उहाँ चारभूजाले युक्त हुनुहुन्छ। माताका माथिका दुई हातमा कमल सुशोभित छन् भने तलको एक हातले बालक स्कन्दलाई काखमा राख्नु भएको छ र अर्को हातले आफ्ना साधक तथा उपासक लाई आशीर्वाद दिने मुद्रामा अर्थात् वरमुद्रा धारण गरी कमलको आसनमा विराजित हुनुहुन्छ त्यसैले उहाँलाई पद्मासन पनि भन्ने गरिएको छ । उहाँ को वहान सिंह हो, त्यसैले उहाँलाई सिंह बाहिनी नामले पनि जान्ने गरिन्छ ।

उहाँ पीत वस्त्रधारी अर्थात् पहेँलो वस्त्र धारण गर्नु हुन्छ किनकि माताको प्रिय रङ्ग पहेँलो हो अतः उपासकहरूले आजको दिन स्कन्द माताको प्रसन्नताका लागि पहेँले वस्त्र अर्पण अथवा दान गर्न पनि सक्नु हुनेछ। सौर्य मण्डलकी अधिष्ठात्री देवी भएकी हुँदा उहाँका उपासक अत्यन्त तेज र कान्तिमय हुने गर्दछन्।

आफ्नो सन्तान स्कन्द सँग अत्यन्त प्रेम भएको हुँदा मातालाई पुत्रको नाम जोडेर स्मरण वा आह्वान गर्दा हर्ष लाग्ने भएको ले नै उहाँलाई पुत्रनाम अर्थात् स्कन्द जोडेर स्कन्दमाता भनिएको हो त्यसैले उहाँलाई ममता र वात्सल्य कि देवी भनेर आराधना गरिन्छ।

उहाँको पूजा र उपासना गर्ने व्यक्ति पुत्रलाई प्राप्त गर्दछ। स्कन्द माताको पूजा गर्ने व्यक्ति लाई कुमार कार्तिकेय को पनि पूजा गरेको लाभ प्राप्त हुन्छ । यस्ती सुख , शान्ति र मोक्षदायिनी माताको बीज मन्त्र ” ॐ ऐं ह्रीं क्लीं स्कन्दमातायै नमः ” हो। यस मन्त्रले एक , सात अथवा एघार माला जप गरेर शुद्ध वस्तुको हवन गर्नु पर्दछ। उहाँको उपासना गर्ने अर्को मन्त्र ” ॐ स्कन्दमातायै नमः ” हो ।

कात्यायनी

kaktyayani-mata

आश्विन शुक्ल षष्ठीका दिनमा कात्यायनी भगवतीको पूजा गरेमा रोग, शोक, भय, दुख, दरिद्र जस्ता सङ्कट नाश भई मानिस प्रगति पथमा अगाडि बढ्ने धार्मिक विश्वास रहेको पाइन्छ।

कत नामक गरेका ऋषिका छोराको रूपमा ऋषि कात्यले जन्म लिए र कात्यका गोत्रमा विश्व प्रसिद्ध महर्षि कात्यायनको जन्म भयो । उनी भगवती जगदम्बाको धेरै वर्षसम्म कठिन तपस्या गरेका थिए । भगवती उनको घरमा पुत्रीको रूपमा जन्म लिउन् भन्ने उनको इच्छा थियो । लामो समयको तपस्या पछि भगवतीले उनको यो प्रार्थना स्वीकार गरिन् र उनको घरमा जन्म लिइन् । यसै कारण उनको नाम कात्यायनी रहन गएको भन्ने शास्त्रीय मान्यता रही आएको छ ।

माता कात्यायनीको भक्ति अमोघ फलदायी रहेको छ । भगवान् कृष्णलाई पतिका रूपमा पाउनको लागि व्रजका गोपिनीहरूले यिनै कात्यायनी देवीको पूजा कालिन्दी-यमुनाको तिरमा गरेका थिए । यिनी व्रजमण्डलकी अधिष्ठात्री देवीको रूपमा प्रतिष्ठित छिन् । यिनको रूप अत्यन्त नै भव्य र दिव्य छ । यिनको वर्ण स्वर्ण समान चम्किलो छ।

चतुर्भुज धारिणी माताको दाहिनेतर्फको माथिल्लो हातमा अभय मुद्रामा छ तथा तल्लो हात वरमुद्रामा छ । देब्रेतर्फको माथिल्लो हातमा तरबार छ भने तल्लो हातमा कमल पुष्प सुशोभित रहेको छ।

दुर्गा पूजाको नवरात्रि साधनाको क्रममा भगवतीको छैटौँ दिनमा साधकले माता कात्यायनीको चरणमा आफ्नो चित्त निवेदित गर्दछन् । माता कात्यायनीको भक्ति र उपासनाद्वारा मानिसले सहजताका साथ धर्म, अर्थ काम, मोक्षजस्ता चारवटै फलहरूको प्राप्ति गर्न सक्दछन् । ऊ यसै लोकमा स्थित रहेर पनि अलौकिक तेज र प्रभायुक्त हुन पुग्दछ । उसका रोग, शोक, भोक, सन्ताप, भय आदि सर्वथा विनष्ट भएर जान्छन् ।

कात्यायनी भगवतीको भक्ति गर्नाले साधकलाई सरल तरिकाले धर्म, अर्थ , काम तथा मोक्ष प्राप्त हुने तथा यसै लोकमा अलौकिक तेज र प्रभावले युक्त हुने विश्वास गरिन्छ। उहाँको ध्यान गर्ने मन्त्र ‘ॐ देवी कात्यायनायै नम:।’ अथवा ‘ॐ ऐं ह्रीं क्लीं कात्यायनायै नम: हो एवम् माता काल रात्रीको बाहन गधा हो।

दशैंका अवसरमा देशभरका शक्ति पीठहरूमा भगवतीको पूजा हुंदैछ ।भद्रकाली, नक्साल, शोभा भगवती, मैतीदेवी पाथीभरा, पलान्चोक भगवती, छिन्नमस्ता, मनकामना दन्तकाली लगायत शक्तिपीठमा विहानैदेखि दुर्गा सप्तशती पाठ गरी देवीको आराधना गरिँदै छ।

 

यो पनि:

  • आज बडा दशैंको पहिलो दिन घटस्थापना, घरघरमा वैदिक विधिपूर्वक जमरा राखिँदै
  • विजयपुरको नौरथा (फोटो फिचर)
  • दशैैँ चाड : विभिन्न मत
  • आज दशैंको चौथो दिन, कुष्माण्ड देवीको पूजा गरिँदै
  • आज दशैंको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै
  • आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै

प्रतिक्रिया दिनुहोस् ।

ताजा समाचारहरु

  • सबै
Loading...

जबरालाई मध्यरातमा नियन्त्रणमा लिनुपर्ने कारण के थियो?

  • September 29, 2026

पूर्वप्रधानन्यायाधीश जबरालाई अपरिचित समूहबाट धम्की, सुरक्षित स...

  • September 29, 2026

मकवानपुर–२ बाट महाधिवेशन प्रतिनिधिमा पुरुषोत्तम ठकुरीको उम्मेद...

  • September 29, 2026

रोजगारीका नाममा ठगी बढेपछि यूएई आउन भिजिट भिसा नअपनाउन दूतावास...

  • September 29, 2026

३६ वर्षपछि झापाको बुद्धशान्तिका २६ अव्यवस्थित परिवारले पाए लाल...

  • September 29, 2026

भक्तपुर–१ बाट आदिवासी जनजाति (महिला) तर्फ डा. गंगा लक्ष्मी अवा...

  • September 29, 2026

विमानस्थलबाट ४२२ ग्राम सुनजस्तो पदार्थसहित भारतीय नागरिक पक्राउ

  • September 29, 2026

जियाेग्राफि न्युज नेटवर्क प्रा. लि. द्वारा संचालित

सूचना चौतारी डट कम
कम्पनी दर्ता नं.- २६७६१९-०७८-०७९
सूचना विभाग दर्ता नं.- २९६९-२०७८-७९
प्रेस काउन्सिल दर्ता नं- ६७९-२०७८-७९
बिज्ञापन बाेर्ड सूचिकृत नं- ०४७९-२०८१-०८२/०१
स्थायी लेखा नं- ६१००५३१८२

Youtube: https://www.youtube.com/@chautaritv-hd
इमेल: [email protected]
          [email protected]
SMS  तथा WhataApp मार्फत सम्पर्क:
9801193636
सम्पर्क ठेगाना: बानेश्वर, काठमाडौ ।

(सूचनाा चाैतारी डट कममा प्रकाशित सामग्रीबारे कुनै गुनासो,सूचना तथा सुझाव भए हामीलाई इमेल: [email protected] मा पठाउनु होला। स्रोतहरू खुलाइएका बाहेक सूचना चाैतारी डट कममा प्रकाशित सम्पूर्ण सामग्रीहरू जियाेग्राफि न्युज नेटवर्कका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनः प्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध समेत गरिन्छ। ) हामी आपसमा साझेदार छाैँ : लिस्ट हेर्नुहोस

हाम्रो टीम

सञ्चालक/प्रबन्ध निर्देशक:
दिपेश श्रेष्ठ 
सम्पादक:
दिना तामाङ
बजार प्रमुख:
……
समाचार सम्पादक: ईन्द्र बहादुर तमाङ
कानुनी सल्लाहकार: पिकम राई
काेशी प्रदेश प्रमुख: हिमांशु राय

सम्वाददाताहरु:
कृष्ण कुँबर
आकाश मगर
जाेगबीर भण्डारी (JB Motu)
नारायण बहादुर कार्की
मल्टिमिडिया:
सुमन बुढाथोकी
IT : Kushal Karki

[email protected]
9801193636 मा WhatsApp मार्फत पनि आफ्नाे
लेख रचना तथा समाचारहरु पठाउन सक्नुहुने छ।

हाम्रो फेसबुक

Suchana Chautari | © 2026 All rights reserved