अग्रजको आशीर्वाद, गगनको नेतृत्व : एकताबाट बलियो कांग्रेस बनाउने आह्वान

काठमाडौं । नेपाली कांग्रेसलाई थप सुदृढ र जनविश्वासयुक्त बनाउन अग्रजको अनुभव, युवाको ऊर्जा र नेतृत्वको नयाँ सोचबीच समन्वय आवश्यक रहेको धारणा सार्वजनिक भएको छ। पार्टीभित्र पछिल्लो समय देखिएका विवाद तथा मतभेदलाई व्यक्तिगत जित–हारका रूपमा नभई कांग्रेसको भविष्य र जनताको भरोसासँग जोडेर हेर्नुपर्नेमा जोड दिइएको छ। पार्टीको विगत निर्माणमा अग्रज नेताहरूले पुर्याएको योगदान र अनुभवलाई सम्मान […]
कामबाट चिनिँदै चाँगुनारायण : जीवन खत्रीको जनमुखी नेतृत्व र ‘भक्तपुर महानगर’को परिकल्पना

भक्तपुरको चाँगुनारायण नगरपालिका पछिल्लो समय विकास, पूर्वाधार र जनमुखी सेवाका कारण चर्चामा आउन थालेको छ। नगर प्रमुख जीवन खत्रीले जिम्मेवारी सम्हालेपछि विकासलाई केवल सडक, भवन र भौतिक संरचनामा सीमित नराखी नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएका विषयलाई प्राथमिकतामा राख्दै अघि बढाउने प्रयास गर्नुभएको छ। शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, कृषि, पर्यटन, रोजगारी र सुशासनलाई एकीकृत रूपमा अघि […]
मुख्यमन्त्री थापालाई विश्वासको मत दिन एमाले सांसदलाई निर्देशन

काठमाडौँ । नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेशसभामा पेस गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको छ। एमाले बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक एकालाल श्रेष्ठले सोमबार जारी गरेको निर्देशनमा मुख्यमन्त्री थापा मगरले नेपालको संविधानको धारा १८८ को उपधारा (४) बमोजिम प्रदेशसभाबाट विश्वासको मत […]
कोशीका मुख्यमन्त्री कार्कीले आज तेस्रो पटक विश्वासको मत लिँदै

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज तेस्रो पटक प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । मुख्यमन्त्री कार्कीले दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिन लागेका हुन् । त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए । एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच भएको तीनबुँदे सहमतिअनुसार गत सोमबार […]
रास्वपाका पुर्व नगरसभापतिले त्यागे पार्टी, गगनले भित्र्याय कांग्रेसमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हरिवन नगर, सर्लाहीका पूर्व नगर सभापति रामहरि न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । न्यौपानेलाई कांग्रेस सभापति गगनकुमार थापाले काठमाडौंको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् । रास्वपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका न्यौपानेले लोकतान्त्रिक पार्टी कांग्रेसमा आवद्ध हुन पाएको भन्दै खुसी व्यक्त गरे । मुलुक […]
अग्रगामी मोर्चाका बुद्धिजीवीहरूको भेला सम्पन्न, १५ सदस्यीय समिति गठन

काठमाडौं। अग्रगामी मोर्चामा आबद्ध राजनीतिक दलका बुद्धिजीवीहरूको महत्वपूर्ण भेला आज जनता समाजवादी पार्टी (जसपा) नेपालको बालकुमारीस्थित पार्टी कार्यालयमा सम्पन्न भएको छ। भेलाले अग्रगामी मोर्चाको वैचारिक तथा बौद्धिक अभियानलाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यसहित १५ सदस्यीय बुद्धिजीवी समिति गठन गरेको छ। भेलामा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव तथा नेपाल सङ्घीय समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वगृहराज्यमन्त्री मो. […]
नगरकोटमा एमाले बागमती प्रदेश जनसंगठनको दुईदिने कार्यशाला सुरु

भक्तपुर । नेकपा (एमाले) बागमती प्रदेशअन्तर्गत जनसंगठनमा जिम्मेवारी सम्हालिरहेका अगुवा नेताहरूको दुईदिने कार्यशाला भक्तपुरको नगरकोटमा सुरु भएको छ। बागमती प्रदेशभित्र जनसंगठनको नेतृत्व तथा समन्वयको जिम्मेवारीमा रहेका करिब १६० जना अगुवा सहभागी कार्यशाला पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा प्रारम्भ भएको हो। कार्यशालाको अध्यक्षता बागमती प्रदेश जनसंगठन समन्वय संयन्त्रका प्रमुख रमेश आचार्यले गरेका छन्। संयन्त्र […]
गगन थापा नेतृत्वको महाधिवेशनमा सहभागी नहुन देउवा पक्षको अपिल

काठमाडौँ । नेपाली कांग्रेसको सभापति गगन थापा नेतृत्वले आह्वान गरेको १५औँ महाधिवेशनमा सहभागी नहुन संस्थापन इतर पक्षले पार्टीका नेता तथा कार्यकर्तालाई अपिल गरेको छ । शेरबहादुर देउवा पक्षले विज्ञप्ति जारी गर्दै थापा नेतृत्वको केन्द्रीय कार्यसमितिले आयोजना गर्न लागेको महाधिवेशनमा सहभागी नहुन आग्रह गरेको हो । नेता डा. शशांक कोइरालाले शुक्रबार जारी गरेको विज्ञप्तिमा कांग्रेसको आधिकारिकतासम्बन्धी […]
म्याग्दीमा पहिरो खस्दा बेनी–जोमसोम सडक दुई स्थानमा अवरुद्ध

काठमाडौँ । म्याग्दीमा लेदोसहितको पहिरो खस्दा बेनी–जोमसोम सडकखण्ड दुई स्थानमा पूर्ण रूपमा अवरुद्ध भएको छ। पहिरोका कारण सडकमा यातायात सञ्चालन प्रभावित भएको प्रहरीले जनाएको छ। नेपाल प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–३, सुकेबगरमा शनिबार बिहान करिब ५ः२५ बजे सडक माथिबाट लेदो माटोसहितको पहिरो खसेको हो। पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, रघुगंगा गाउँपालिका–२, बैसरीमा पनि […]
रास्वपाले टुंग्यायो पदाधिकारी, केन्द्रीय सदस्य र केही विभागीय जिम्मेवारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आज बसेको केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न पदाधिकारी, केन्द्रीय सदस्य तथा विभागीय जिम्मेवारी तोकेको छ। बैठकबाट गरिएको मनोनयन तथा जिम्मेवारी बाँडफाँटको विवरण भने अनौपचारिक (unofficial) रूपमा सार्वजनिक भएको हो। अनौपचारिक विवरणअनुसार पुरुषोत्तम यादवलाई सहमहामन्त्री, डा. मनोहर प्रधानलाई कोषाध्यक्ष तथा बसुमाया तामाङलाई सहकोषाध्यक्षको जिम्मेवारी दिइएको छ। यस्तै, जगदीश खरेललाई […]