खेलकुदमा स्थानीय तहको बजेट उल्लेख्य बृद्धि

काठमाडौं । आगामी आर्थिक वर्षका लागि युवा तथा खेलकुद मन्त्रालयअन्तर्गत स्थानीय तहको बजेटमा उल्लेख्य बृद्धि गरिएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले संसदमा पेश गरेको वार्षिक बजेटमा युवा तथा खेलकुद मन्त्रालयका लागि कुल ३ अर्ब २५ करोड २५ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । जसमध्ये संघमा २ अर्ब ४५ करोड ५० लाख, प्रदेशका लागि […]
रावा बेसीमा जिल्लाभित्रका अन्तर पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु

प्रेम श्रेष्ठ, खाेटाङ । रावाबेसी गा.पा.१ कुभिन्डेको श्री रत्नराज्य लक्ष्मी आ. वि. को प्राङ्गणस्थित रावाबेसी गाउँपालिका खेलकुद विकास समितिको आयोजना र रावाबेसी गाउँपालिकाको संयाेजकत्वमा रावाबेसी खेलकुद विकास समितिका अध्यक्ष गेहेन्द्रमान राई को सभापतित्व र रावा बेसी गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाको प्रमुख आतिथ्यमा कार्यक्रम सुरु भएको छ । […]
ऐँसेलुखर्क युवासंघ कप खेलको समापन, खोटाङ संयुक्त यातायात संघ विजयी

खोटाङ । राष्ट्रिय युवा संघ ऐँसेलुखर्कले आयोजना गरेको खुल्ला पुरुष भलिबलको उपाधि रावा खोटाङ संयुक्त यातायात संघ र महिला भलिबलको उपाधि आयोजक ए समुहले जितेको छ । उपाधिसँगै पुरुष समुहले ५० हजार र महिला समुहले ३० हजार नगदको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । पुरुष तर्फ दोस्रो, आयोजक ए, तेस्रो राष्ट्रिय युवा […]
दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक

खोटाङ । खोटाङको दिक्तेलमा सञ्चालन हुने दिक्तेल मेयर कप तेश्रो केएफए क्लव स्तरिय फुटबल प्रतियोगीताको खेल तालिका सार्वजनिक गरिएको छ । आयोजक खोटाङ फुटबल एकेडेमी (केएफए)ले आगामी ११ चैतदेखि १८ चैतसम्म सञ्चालन हुने प्रतियोगीताको खेल तालिका मंगलबार सार्वजनिक गरेको हो । ‘स्थानीय खेलाडी र क्लवको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित दिक्तेलको माटिकोरे खेलमैदानमा सञ्चालन गरिने […]
नेपाल युएईसँग ६८ रनले पराजित
काठमाडौं। सन् २०२२ मा अष्ट्रेलिया हुने टी–२० विश्वकपमा पुग्ने नेपालको सपनामा अधुरो रहेको छ ।ओमान स्थित अल अमिरात क्रिकेट मैदानमा भएको सेमिफाइनल खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भएको हो ।युएईले दिएको १७६ रनको लक्ष्य पछ्याउने क्रममा नेपाल १८.४ ओभरको नोक्सानीमा १०७ रनमा अलआउट हुनपुग्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३८ रन बनाए […]
नेपालले आज क्यानडासँग खेल्दै

काठमाडौं । नेपालले आज समूह चरणको अन्तिम खेल क्यानडासँग खेल्दैछ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोबल क्वालिफायर ए अन्तर्गत नेपाल क्यानासँग खेल्ने भएको हो । खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली सयम अनुसार अपराह्न ३ः ४५ बजे सुरु हुँदैछ । यसअघि दुई खेल जितिसकेको नेपालले क्यानडालाई पराजित गरेमा समूह विजेता बन्दै सेमिफाइनल पुग्नेछ […]
नेपालले मैत्रीपूर्ण फुटबल खेलमा मौरिससमाथि १-० को जित

काठमाडौं। नेपालले मैत्रीपूर्ण फुटबल खेलमा मौरिससलाई पराजित गरेको छ । नेपालले मौरिससमाथि १-० को जित निकाल्दा सुजल श्रेष्ठको गोल निर्णायक भयो । मौरिससले प्राप्त पेनाल्टीलाई गोल गर्न सकेन । नेपालका गोलरक्षक किरण चेम्जोङले उत्कृष्ट बचाऊ गर्दै मौरिससको बराबरी गर्ने प्रयासलाई विफल पारिदिए । मैत्रीपूर्ण खेल भएपनि तनावग्रस्त भएको थियो । मौरिससका २ र नेपालका १ […]
आर्मीलाई हराउँदै मनाङ फाइनलमा

काठमाडौं। पटकको विजेता मनाङ मर्स्याङ्दी क्लब त्रिभुवन आर्मी फुटबल क्लबलाई पराजित गर्दै आहारारा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । बिहीबार पोखरा रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आर्मीलाई पेनाल्टी सुट आउटमा४–३ ले हराउँदै मनाङ कीर्तिमानी सातौं पटक उपाधि नजिक पुगेको हो । अब, उपाधिका लागि मनाङले शनिबार अर्को विभागीय टोली एपीएफ फुटबल क्लबको सामना गर्नेछ । मनाङको […]
तारेभीरमा स्काई साइक्लिङ व्यावसायिक रूपमा शुरू

पर्वत। कालीगण्डकी नदीमाथिको तारेभीरमा डोरीको सहायतामा साइकल चलाउने खेल (स्काई साइक्लिङ) व्यावसायिक रूपमा शुरू भएको छ । पर्वतको बन्जीजम्पको पारिपट्टि बागलुङको बलेवामा द क्लिफ प्रालिले स्काई साइक्लिङ शुरू गरेको हो । भीरैभीर साइकल चलाउने यो खेल साहसिक पर्यटनका लागि सञ्चालन गरिएको कम्पनीका अध्यक्ष राजु कार्कीले जानकारी दिए । चार वर्ष पहिलेदेखि नै सञ्चालनमा रहेको साइक्लिङ […]
बीबीएलमा सन्दीपको खराब प्रदर्शन

काठमाडौं । बिग बास लिगअन्तर्गत सोमबारको खेलमा एडिलेट स्ट्राइकर्सले नेपाली लिग स्पिनर सन्दीप लामिछानेआबद्ध होबार्ट हरिकेन्स सामू १७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । होबार्टको घरेलु मैदानमा भएको खेलमा नेपाली लेग स्पिनर सन्दीपको बलिङ भने फितलो रह्यो । सोमबारको खेलमा सन्दीपले ३ ओभर बलिङ गर्दा बिनाविकेट ३१ रन खर्च गरे । सन्दीपले आफ्नो पहिलो […]